श्रावण ७, २०८२ बुधबार July 23, 2025

मेथिनकोट अस्पतालमा अक्सिजन प्लान्ट जडान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नमोबुद्ध नगरपालिका ४ मा रहेको मेथिनकोट अस्पतालमा अक्सिजन प्लान्ट र लुगा धुने मेसिनको  जडान गरिएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएको र उनीहरूलाई सहज रुपमा सेवा पुर्‍याउने उद्देश्यले अक्सिजन प्लान्ट जडान गरिएको हो ।

अक्सिजन प्लान्टको शनिबार  आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाले उद्घाटन गर्नु भएको हो । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा भ्याटबाहेक ६७ लाख र रुपैयाँमा अक्सिजन प्लान्ट निर्माण गरिएको हो भने लुगा धुने मेसिनको लागी २० लाख को लागतमा जडान गरिएको हो । यो भन्दा अगि बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा भ्याटबाहेक १२ लाख २२ हजार ३ सय ९५ रुपैयाँमा आकस्मिक कक्ष निर्माण गरिएको मेथिनकोट अस्पतालका नि. मेडिकल सुपरिटेन्डेन्ट डा. सागर जर्घामगरले बताउनु भयो ।

कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले तत्कालीन समयमा मेथिनकोट अस्पताललाई क्षेत्र नम्बर १ को क्षेत्रीय अस्पतालको रुपमा स्थापना गरिएको स्मरण गर्दै अहिले प्रदेशस्तरीय अस्पताल बनाउन सफल भएको बताउनुभयो । अस्पतालमा निर्माण गरिएको अक्सिजन प्लान्टले बिरामीहरूको उपचार सेवाले थप प्रभावकारी बन्ने विश्वाससमेत उहाँले व्यक्त गर्नु भयो । अस्पतालमा पछिल्लो समय सेवा सुविधा थपिँदै गएको र चाँडै नै अव अस्पतालको लागी थप कर्मचारी र नयाँ भवन निर्माण गर्न प्रक्रिया अघि बढिसकेको नगर प्रमुख तिमल्सिनाले बताउनु भयो ।

मेथिनकोट अस्पताल प्रादेशिक अस्पताल बनेसँगै यसले नमोबुद्ध नगरपालिका मात्रै नभएर आसपासका गाउँपालिका तथा छिमेकी जिल्लाहरू रामेछाप, सिन्धुलीका  बिरामीले समेत सहज रुपमा स्वास्थ्य उपचार सेवा पाउने अवस्था सिर्जना भएको प्रदेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाले बताउनु भयो । अस्पताल चलाउन सरकारले मात्र चासो देखाएर न चल्ने उहाँले बताउनुभयो । कर्मचारी एक जुट भएर काम गरेमा सरकारले गरेको पहलहरू सफल हुने मन्त्री लामाले बताउनुभयो ।

मेथिनकोट अस्पताल सबैको साथ र सहयोगमा स्तरोन्नति भएको भन्दै सेवा सुविधासमेत अझै प्रभावकारी बनाउँदै लैजाने र भौतिक पूर्वाधारका साथै आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थापन गर्न अस्पताल लागि परेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजा, सिरियामा आक्रमणलाई ‘सुधार’ गर्न नेतान्याहुलाई ट्रम्पको निमन्त्रणा : ह्वाइट हाउस
२०८२ श्रावण ७, बुधबार
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार