असार २९, २०८२ आइतबार July 13, 2025

मधेसका मुद्दामा गम्भीर हुन लोसपा अध्यक्ष ठाकुरको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसको समस्या समाधान नभएसम्म देशमा अस्थिरता आउन नसक्ने भएकाले त्यसतर्फ गम्भीर हुन आग्रह गर्नुभएको छ ।

जनकपुरधाममा आज लोसपा महिला परिवारले जितिया पर्वको पूर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ठाकुरले मुलुकमा राजनीतिक अस्थितरता कायम रहे पनि सरकारले मधेस समस्या समाधानका लागि गम्भीरता नदेखाएको आरोप लगाउनुभयो ।

उहाँले मधेस समस्या समाधान गर्न हालसम्म भएका प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइसकेको बताउनुभयो । देशमा सङ्घीय गणतन्त्र स्थापनापछि भएका सबै प्रधानमन्त्रीलाई मधेसको मुद्दाको सवालमा जानकारी गराएको उहाँले स्पस्ट पार्नुभयो । उहाँले मधेसका एजेन्डा सुरुदेखि आफूहरूले नै उठाएकोे र अहिले पनि त्यसमा कायम नै रहेको बताउनुभयो ।

अध्यक्ष ठाकुरले भन्नुभयो, “संविधान संशोधन, मधेस आन्दोलनकारीमाथि लगाइएका झुटा मुद्दा फिर्ता, नागरिकता समस्या समाधान, समावेशितालगायत मुद्दा हामीले निरन्तर उठाइरहेका छौँ ।”रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार