असार २९, २०८२ आइतबार July 13, 2025

जसपाको मधेश प्रदेस समिति बैठक सम्पन्नः एक-दुई हप्ताभित्रै पार्टी समायोजन गरेर अगाडि बढ्ने रणनीति तय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनता समाजवादी पार्टी नेपाल (जसपा)को मधेस प्रदेश समिति बैठक सम्पन्न भएको छ । जनकपुरधाममा सम्पन्न भएको बैठकमा पार्टी संगठन सुदृढीकरण र जनजागरण सुज अभियानलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने र एक व्यक्ति, एक पदको अवधारणा लगायत प्रस्तावमाथि छलफल गरिएको बताईएको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा भएको बैठकमा सुज अभियानलाई कुन मोडालिटीमा अगाडि बढाउने सम्बन्धमा छलफल भएको जसपाका केन्द्रीय सदस्यसमेत रहेका पूर्वआन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताउनुभयो ।

जसपा नेपालको विधानमा एक व्यक्ति, एक पदको अवधारणा रहेकोले त्यसैको तयारी स्वरुप पूर्वराजपा र पूर्वसपासँग प्रदेश समितिको समायोजन गरिने र केन्द्रीय कमिटी तथा प्रदेश कमिटी दुवैमा रहेका नेताको लिस्ट तयार गरिने उनले बताएका छन् ।

साथै उनले सक्रिय र निष्क्रिय नेता कार्यकर्ताको पनि सूची तयार गर्नका लागि पार्टीको प्रदेश समितिका मुख्य सचिव शम्भु झाको अध्यक्षतामा आठवटै जिल्लाबाट एक-एक जनालाई राखेर सुझाब समिति बनाइएको बताएका हुन्। समितिले संकलन गरेको डाटाका आधारमा प्रदेश अध्यक्षलाई सुझाब पेस गरिने उनले जानकारी दिएका छन् ।

सोही सुझाबका आधारमा एक-दुई हप्ताभित्रै पार्टी समायोजन गरेर अगाडि बढ्ने रणनीति अपनाइएको उनले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार