असार २९, २०८२ आइतबार July 13, 2025

एमालेको १० बुँदे कार्यान्वयन कार्यदलको संयोजकमा भीम रावल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एकता गर्न बनाएको १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकमा डा. भीम रावल चयन भएका छन् ।

सोमबार बसेको स्थायी कमिटीको बैठकले रावललाई संयोजक बनाएको हो । बैठकले कार्यदलमा थप एक जनालाई पनि सहभागी गराएको छ । कार्यदलमा सहभागी हुनेमा शंकर पोखरेल रहेका छन् । उनी यसअघिको कार्यदलमा सहभागी थिएनन् ।

यसअघिका कार्यदलमा रावलसँगै महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल र स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र लेखराज भट्ट थिए ।

माधवकुमार नेपाल एमालेबाट छुट्टिएर जाँदा उनीनिकट १० स्थायी सदस्यहरु १० बुँदे सहमति कार्यान्वयन गर्ने शर्तमा एमालेमै रहेका थिए। तर, एमालेमा फर्किएको यतिन्जेलसम्म पनि १० बुँदे कार्यान्वयन नभएपछि रावलसहितका नेताहरु असन्तुष्ट पोख्दै आएका थिए ।

केपी शर्मा ओली तत्कालीन प्रधानमन्त्री रहेको बेला संसद विघटन गर्दा नेपाल समूहमा भीम रावलसहित १० सांसदहरु पनि थिए । प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्तपछि नयाँ दल दर्ता गर्ने अवधिमा आइपुग्दा फेरि पार्टीभित्र विवाद सिर्जना भएको थियो ।

र, रावलसहितका १० सांसद अध्यक्ष ओलीले १० बुँदे कार्यान्वयन हुने आश्वासन दिएपछि एमालेमै फर्किएका थिए ।

पार्टीमा फर्किएको महिनौ दिन बिते पनि अध्यक्ष ओलीले यसबारेमा त्यति चासो नदिएको भन्दै रावलसहितका नेताहरु रुष्ट बनेका थिए । यहीँ कारणलाई लिएर रावल आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा अनुपस्थित थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार