जेठ ४, २०८१ शुक्रबार May 17, 2024

माओबादी केन्द्रका नेता बर्षमान पुन थप उपचारका लागि बैंकक प्रस्थान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गरेका छन् । जण्डिसको वंशानुगत समस्या भएका नेता पुन हिमालय एयरलाइन्सको चार्टड विमानमार्फत थाइल्याण्ड प्रस्थान गरेका हुन ।

उनको बैंककको समितिभेज अस्पतालमा उपचार हुनेछ । उनी चार वर्षअघि पनि उपचारको लागी लामो समय थाइल्याण्ड गएर बसेका थिए । पछि उनको स्वास्थ्यमा सुधार आएको थियो ।

ज्वरो आउने ,वान्ता आउनेजस्तो समस्या नरोकिएपछि उनको सुमेरु अस्पतालमा उपचार भएको थियो । तर, निको नभएपछि उनलाई बैंककस्थित समितिभेज अस्पताल लगिएको हो ।

पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको चिकित्सकहरूले बताएका थिए । नेता पुनसंगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि थाइल्याण्ड गएकी छन्। पुनलाई छोड्न त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा माओवादी नेता शक्ति वस्नेतलगायत नेता कार्यकर्ता पुगेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया