असार २९, २०८२ आइतबार July 13, 2025

एमालेलाई गुटमुक्त पार्टी बनाउनुपर्छ : मुख्यमन्त्री शाक्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः वाग्मती प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीभित्र केही बेमेल भए पनि आफू पार्टी फुटको विपक्षमा रहेको बताएकी छन् ।

एमाले नुवाकोटको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले अब एमालेलाई गुटबन्दी मुक्त पार्टीका रुपमा अघि बढाउनुपर्ने बताइन् । ‘पार्टीका पहिलो भएका केही बेमेल, भिन्नतालाई छाडेर अघि बढ्नुपर्छ । गुटबन्दीभन्दा माथि उठेर संस्थागतरूपमा पार्टीलाई बलियो बनाउन सबै सक्रिय हुनुपर्छ’, मुख्यमन्त्री शाक्यले भने ।

मुख्यमन्त्री शाक्यले माधव नेपाललाई पार्टी फुटाउन नहुने सल्लाह दिएको र नेपाल लगायतले फुटाएर अघि बढेपछि साथ छाडेको पनि बताइन् । उनले नेकपा (एकिकृत समाजवादी) निकै कमजोर पार्टी हुनेसमेत दाबी गरिन् । उनले नुवाकोटका पार्टी फुटको असर ज्यादै न्यून परेकाले आगामी दिनमा एमालेको संगठन अझै बलियो हुने बताइन् ।

मुख्यमन्त्री शाक्यले स्थानीय तहको निर्वाचन नजिकिँदै गरेकाले सबै नेता कार्यकर्ताले जिम्मेवार ढंगले सक्रिय हुनु पनि निर्देशन दिइन् ।

एमालेका जिल्ला अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा वाग्मती प्रदेशका पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनालीले एमाले नुवाकोटमा एकढिक्का भए अघि बढिरहेकाले कार्यकर्ताले अरुको भनाइको पछि नलाग्न आग्रह गरेका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार