श्रावण ७, २०८२ बुधबार July 23, 2025

नेपालमा थप ८९८ जनामा काेराेना सङ्क्रमण पुष्टीः ९३८ जना कोरोनामुक्त, १३ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पछिल्लो २४ घण्टामा ८९८ जना काेराेना भाइरसका सङ्क्रमित थपिएका छन् । दश हजार ११३ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ८९८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

यस्तै, तीन हजार २५५ वटा एन्टीजेन परीक्षण गर्दा १६८ जनाको कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.३२ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९३८ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार १४८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

सक्रिय सङ्क्रमित हुने १८ हजार ११५ जना छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया