असार २८, २०८२ शनिबार July 12, 2025

खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती : डा. बाबुराम भट्टराई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती भएको टिप्पणी गरेका छन् ।

शुक्रबारदेखि सुरु भएको नेकपा एमालेको प्रथम विधान महाधिवेशनस्थल गोदावरीसहित उपत्यकाका विभिन्न स्थानमा ओलीको ठूल्ठूला तस्बीर राखिएका छन्। सोही तस्बीर सहितको फोटो सामाजिक संजालमा सेयर गर्दै डा. भट्टराईले केपी ओलीमाथि व्यङ्ग्य गरेका हुन् ।

‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो’, उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठूलो मूल्य चुकाउनुपर्नेछ। नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्तः स्टालिन, हिटलर र फासीवाद जन्माउने हो । चेतना भया !’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया