काठमाडौं: नेपाली कांग्रेस नागार्जुन नगरपालिकाको सभापतिमा दुर्गाप्रसाद गौतम विजयी भएका छन् ।
शनिवार साँझ सम्पन्न मतपरिणाअनुसार गौतमले १२८ मत ल्याएर विजय भएका हुन् । गैतमका प्रतिद्वन्द्वी अच्युत पाण्डेले ७८ मत प्राप्त गरे । दुई उपसभापतिमा लेखनाथ काफ्ले र नवराज पुरी, दुई सचिवमा कृष्ण दाहाल र रवीन श्रेष्ठ तथा दुई सहसचिवमा अमृत लामिछाने र सविन गौतम विजयी भएको निर्वाचन समितिले जनाएको छ । नागार्जुन नगरपालिकामा १० वडा रहेका छन् ।
यसैगरी टोखा नगरपालिकाको सभापतिमा ओमकृष्ण विमली निर्वाचित भएका छन् । कांग्रेस टोखा नगरपालिकाको आज बिहान सम्पन्न मतपरिणामअनुसार विमलीले अर्का उम्मेदवार दीपकराज जोशीलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
टोखाको दुई उपसभापतिमा मनराज अधिकारी र ऋषिराम अर्याल, दुई सचिवमा नरेन्द्र बानियाँ र द्वारिका कुइँकेल, दुई सहसचिवमा विजेन्द्र श्रेष्ठ र सीता प्रजापति विजयी भएका छन्।
टोखामा ११ वडा छन्। यस्तै, काठमाडौँका पालिकामा शनिबार अधिवेशन घोषणा गरिए पनि दक्षिणकाली नगरपालिकाबाहेक सबै पालिकामा अधिवेशन कार्य प्रारम्भ भएको थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया