असार २८, २०८२ शनिबार July 12, 2025

संखुवासभाको कांग्रेस सभापतिमा दीपक खड्का निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसको संखुवासभा जिल्ला सभापतिमा दीपक खड्का निर्वाचित भएका छन् ।

पार्टीको १४औं महाधिवेशनअन्तर्गत भएको जिल्ला अधिवेशनमा प्रतिद्वन्द्वी राइमान राईलाई पराजित गर्दै खड्का सभापति बनेका छन्। आइतबार भएको निर्वाचनबाट पूर्वमन्त्रीसमेत रहेका खड्काले १२९८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी राईले ११० मतमात्र ल्याएको जिल्ला सभापति दिपेन श्रेष्ठले जानकारी दिए ।

कांग्रेसको आन्तरिक राजनीतिमा उनी वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाका विश्वासपात्र मानिन्छन् ।

यस्तै, उपसभापतिमा रामकुमार जिमी (९१६), अनन्त गौली (६७०), सचिवमा टकमान घले र कुमारबाबु अधिकारी, सहसचिवमा किशोर कुमार गुरुङ र सुवास कालाखेती विजयी भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया