काठमाण्डौंः नेपाली कांग्रेस ताप्लेजुङको सभापतिमा गजेन्द्रप्रसाद तुम्याहाङ निर्वाचित हुनुभएको छ ।
चौधौँ जिल्ला अधिवेशनअन्तर्गत आइतबार सम्पन्न निर्वाचनबाट तुम्याहाङ निर्वाचित हुनुभएको हो । यस्तै उपसभापतिमा गणेश चोङ्वाङ, डिल्लीरमण बराल, सचिवमा डम्बर हाङ्गाम र नन्दकुमार ओझा निर्वाचित हुनुभएको छ ।
सहसचिवमा तेज सुनुवार (जङ्ग) र नन्दकुमार आङ्बुहाङ निर्वाचित हुनुभएको निर्वाचन अधिकृत तिलक पाण्डेले जानकारी दिनुभयो । एक उपसभापतिबाहेक तुम्याहाङको प्यानल नै विजयी बनेको हो ।
तुम्याहाङसँग पार्टीका पूर्वसचिवसमेत रहुनुभएका छविलाल गुरुङ प्रतिस्पर्धामा हुनुहुन्थ्यो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया