असार २८, २०८२ शनिबार July 12, 2025

सुदृढ एकता विधान महाधिवेशनको सन्देश : योगेश भट्टराई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा (एमाले) का सचिव एवं प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको प्रथम विधान महाधिवेशनले सुदृढ र भावनात्मक एकताका लागि सन्देश दिएको बताउनुभएको छ ।

ललितपुरको गोदावरीमा यही असोज १५ देखि १७ गतेसम्म भएको विधान महाधिवेशनमा ताप्लेजुङबाट सहभागी प्रतिनिधिका लागि आज आयोजित चियापान कार्यक्रममा सचिव भट्टराईले महाधिवेशनको समापनका अवसरमा अध्यक्ष केपी शर्मा ओलीले एकताबद्ध भई पार्टीलाई सक्रिय बनाउन गर्नुभएको घोषणा सकारात्मक भएको बताउनुभएको हो ।

उहाँले महाधिवेशनको सन्देशलाई जिल्ला र स्थानीय तहसम्म पु¥याउन आग्रह गर्नुभयो । चियापान कार्यक्रममा ताप्लेजुङका जनप्रतिनिधिको समेत सहभागिता थियो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया