श्रावण ७, २०८२ बुधबार July 23, 2025

नयाँ संक्रमित थपिने भन्दा सङ्क्रमणमुक्त हुने बढेः ६ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मंगलबार देशभर ९ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् ।

१६ हजार ४२ जनाको नमुना परीक्षण गर्दा ९ सय ६८ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १ हजार १ सय १४ जना संक्रमण मुक्त भएका छन् । यो सँगै कोरोना सङ्क्रमणबाट निको भएको दर ९६ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ११ हजार १ सय ८० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको हो ।

देशभरका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी १६ हजार २ सय ४८ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेका छन् । जसमा ३ सय ३५ जना आइसियु र १ सय २२ जनाले भेन्टिलेटरमा उपचार गराइरहेको मन्त्रालयले जनाएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया