श्रावण ७, २०८२ बुधबार July 23, 2025

बुधबार थप १ हजार ४३ जनामा कोरोना सङ्क्रमण पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा बुधबार थप १ हजार ४३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

१५ हजार ४ सय ६५ जनामा नमुना परीक्षण गर्दा थप १ हजार ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समीर अधिकारीले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकामा आज ४ सय ४० जना संक्रमित थपिएका छन् । भक्तपुरमा ३५, ललितपुरमा ६१ र काठमाडौँमा ३ सय ४४ गरी ४ सय ४० जना संक्रमित थपिएका हुन् ।

यसैगरी गएको २४ घण्टामा ८ सय ९१ जना सङ्क्रमणमुक्त भएका छन् भने आज कोरोना सङ्क्रमणबाट १२ जनाको मृत्यु भएको छ ।

देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा १६ हजार १ सय ९४ जना रहेका छन् । जसमा आइसियुमा ३ सय ३८ र भेन्टिलेटरमा १ सय १५ रहेको मन्त्रालयले जनाएको छ ।

चाडपर्वका बेला यात्रा गर्दा, किनमेल गर्दा कोरोना सङ्क्रमणको जोखिम उच्च भएकाले स्वास्थ्य सुरक्षाका मापदण्डमा हेल्च्याक्रयाई नगर्न मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीले आग्रह गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया