असार २८, २०८२ शनिबार July 12, 2025

माओवादीले सरकारमा जान तीन मन्त्री र एक राज्यमन्त्रीको टुंगो लगायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेकपा माओवादी केन्द्रले सरकारमा जान तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको छ ।  बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको हो ।

बैठकमा मन्त्रीहरुको नाम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका थिए भने नारायणकाजी श्रेष्ठले समर्थन गरेका थिए । माओवादी केन्द्रको भागमा ५ मन्त्री र १ राज्यमन्त्री परेको छ।

सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेपछि माओवादीले मन्त्रीको नाम टुंग्याएको हो। यसअघि अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल भइसकेका छन्।

देवेन्द्र पौडेल माओवादीका स्थायी सदस्य हुन्। उनी बागलुङबाट निर्वाचित सांसद हुन्। उनी यसअघि २०६७ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार थिए। उनी बाबुराम भट्टराईले नयाँ पार्टी गठन गर्दा नयाँ शक्तिमा आवद्ध थिए। २०७४ सालमा उनी फेरि माओवादीमै फर्किएका हुन्।

यस्तै, शशी श्रेष्ठ माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन्। उनी अहिले राज्य व्यवस्था समितिमा पनि सभापति छिन्। उनी यसअघि ०६३ सालमा तत्कालीन गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा स्वास्थ्य राज्यमन्त्री थिइन्। उनी २०६४ मा पनि तत्कालीन संविधान सभाको संविधान सभा सदस्य थिइन्। उनी नारायणकाजी श्रेष्ठनिकट मानिन्छिन्।

यसैगरी महेश्वर गहतराज माओवादीका केन्द्रीय सदस्य हुन्। उनी बाँकेबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। यसअघि २०६४ सालमा पनि उनी संविधान सभा सदस्य थिए। उनी माओवादीका वर्षमान पुननिकट हुन्।

त्यस्तै, बोधमाया यादव माओवादी सशस्त्र संघर्षका सहिद रामवृक्ष यादवकी छोरी हुन्। धनुषाकी यादव समानुपातिक सांसद हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया