श्रावण २, २०८२ शुक्रबार July 18, 2025

एडीबी प्रतिनिधिमण्डलद्वारा ऊर्जा मन्त्रीसँग विभिन्न आयोजनाबारे छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालसँग एशियाली विकास बैंक(एडीबी) को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।

ऊर्जा मन्त्रालयमा शुक्रवार भएको भेटवार्तामा एडीबीको अनुदान तथा ऋण सहयोगमा निर्माण भइरहेका विभिन्न आयोजनाका विषयमा छलफल भएको मन्त्री भुसालको सचिवालयले बताएको छ ।

एडीबीका देशीय निर्देशक अर्नाउड काउकोजस्को नेतृत्वको प्रतिनिधिमण्डलले जलस्रोत र सिंचाइका विभिन्न तटबन्ध निर्माण, राजपुर सिंचाइ आयोजना र जलस्रोत ऐनका विषयमा चासो राखेको थियो । ती आयोजनाको खर्चका बारेमा चासो राख्दै देशीय निर्देशक अर्नाउडले कोभिडका हुँदा पनि राम्रो काम भएको र अझै छिटो काम सकाउन आग्रह गरेका थिए ।

त्यसैगरी उक्त प्रतिनिधिमण्डलले बाग्मती नदी सुधार परियोजनाको बाँध निर्माणसम्बन्धी विषयमा मूल कुरा उठाएको र जलस्रोत ऐन चाडो बनाउन पनि आग्रह गरेको थियो । बैंकको सहयोगका नै शिवपुरीमा प्राकृतिक जलाशय निर्माण भइरहेको छ ।

विदेशी निकायले सहयोग गर्ने आधारका लागि पनि सो ऐन आवश्यक भएको एडीबीको भनाइ थियो । ऐन निर्माणका लागि थप प्राविधिक सहयोग आवश्यक परेकामा आफूहरू सहयोग गर्न तयार गरेको प्रतिनिधिमण्डलले बताएको थियो । त्यसैगरी ऊर्जातर्फ ऊर्जा ऐन, प्रशारण लाइन निर्माण, ठूला जलाशय आयोजनाका विषयमा पनि एडीबीले चासो राखेको थियो ।

जवाफमा मन्त्री भुसालले ऐन निर्माणका आफूहरू सक्षम रहेको उल्लेख गर्दै जलस्रोत ऐन हामी आफैं बनाउँछौ भनेकी छन्। जलस्रोत ऐनको मस्यौदा तयार भइरहेको र जलविद्युत् ऐन संसद्मा रहेको उल्लेख गर्दै उनले ऊर्जा तथा सिंचाइ क्षेत्रको विकासका लागि आवश्यक पर्ने वित्तीय एवं प्राविधिक सहयोग आवश्यकताका आधारमा नेपालले प्रस्ताव गर्ने स्पष्ट पारिन् ।

सो अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्की, जलस्रोत तथा सिंचाइ सचिव सागरकुमार राईसहित मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार