श्रावण ७, २०८२ बुधबार July 23, 2025

भारतबाट १० लाख डोज कोभिशिल्ड खोप नेपाल आउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालले भारतसँग खरिद गरेको कोरोना विरुद्धको कोभिशिल्ड खोप आज आइपुग्ने भएको छ। गत फागुनमा भारतसँग खरिद गरेर ल्याउन बाँकी १० लाख मात्रा खोप आज नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागका उपेन्द्र ढुङ्गानाले जानकारी दिए ।

सरकारले भारतको सेरम इन्स्टिच्युटसँग २० लाख मात्रा खोप खरिदका लागि सम्झौता गरेर रकम पठाएको थियो। त्यसमध्ये १० लाख मात्रा खोप आउन लागेको हो । दिउँसो २ बजे १० लाख मात्रा खोप आइपुग्ने ढुङ्गानाले बताए ।

यसअघि भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि त्यहाँका अदालतले खोप निर्यातमा नगर्न भनेको थियो। आज आइपुग्ने खोप पहिलो मात्रा एस्ट्राजेनेका लगाएका नागरिकलाई दिइने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया