श्रावण ७, २०८२ बुधबार July 23, 2025

सुदूरपश्चिममा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशमा आज थप १९ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट एक हजार ८९७  जनाको नमूना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सोह्र जनामा आरटी पिसीआर र तीन जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पिसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १४ र जिल्ला अस्पताल बैतडीमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कञ्चनपुरमा दुई र  बाजुराका एक जनामा सङ्क्रमण देखिएको हो ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर १९ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि शुक्रबार यस प्रदेशमा नौ जनामा सङ्क्रमणको पुष्टि हुँदा २५ सङ्क्रमणमुक्त भएका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया