असार २८, २०८२ शनिबार July 12, 2025

काठमाडौंबाट सरकारमा प्रतिनिधित्व हुन नसक्नु दुःखद्ः प्रकाशमान सिंह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी संगठनलाई मजबुद बनाउनमा हरेक कार्यकर्ताको महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन्।

नेपाली कांग्रेस टोखा नगरपालिका–११ ले दसैँको अवसरमा शनिबार यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले प्रजातन्त्र बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने भन्दै कांग्रेसलाई बलियो बनाउन हरेक नेता तथा कार्यकर्ताको महत्वपूर्ण जिम्मेवारी रहेको बताए।

‘पार्टीलाई संस्थागत, विधिसम्मत रूपमा जनताको हित हुने गरी सञ्चालन गर्नुपर्छ,’ उनले भने।

राजनीतिक मुद्दा अन्त्य भएकाले अब देशलाई आर्थिक विकासको खाँचो रहेको उनको भनाइ थियो। पूर्वउपप्रधानन्त्री सिंहले निर्वाचनमा कांग्रेसले जितेको प्रत्यक्षतर्फ २३ सिटमध्ये चार सिट जितेको काठमाडौँबाट वर्तमान सरकारमा प्रतिनिधित्व हुन नसक्नु दुःखद भएको बताए।

राजनीतिमा न्याय हुनुपर्ने नेता सिंहको भनाइ थियो। उनले काँग्रेसभित्र पदीय जिम्मेवारी निर्वाहमा सबै लाग्नुपर्ने बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया