श्रावण ७, २०८२ बुधबार July 23, 2025

सुदूरपश्चिममा थप ३२ जनामा सङ्क्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशमा आज थप ३२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट दुई हजार ४१५ जनाको नमूना परीक्षण गर्दा ३२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सत्ताइस जनामा आरटी पीसीआर र पाँच जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १८, महाकाली अस्पतालमा सात, डडेल्धुरा अस्पताल र जिल्ला अस्पताल बैतडीमा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।

एन्टिजेन विधिमार्फत कञ्चनपुरमा चार र कैलालीका एक जनामा सङ्क्रमण देखिएको हो । गएको २४ घण्टामा प्रदेशभर २२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरका ८० वर्षीया महिला रहेकी छन् । उहाँको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया