काठमाण्डौंः बडादशैंको नवौं र नवरात्रको अन्तिम दिन आज महानवमी मनाइँदैछ। नौ दिनसम्म गरेको नवरात्र विधि यो तिथिमा सम्पन्न गरिन्छ। नवदुर्गाको प्रसाद भने दशमीको बिहान लगाउने परम्परा रहेको छ।
नवमीमा भगवती दुर्गाको नवौं रूप सिद्धिदात्रीको पूजा–आराधना गरिन्छ। सिद्धिदात्रीको उपासनाले भक्तजनले सिद्धि प्राप्त हुन्छ भन्ने मान्यता छ। चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प लिएकी, कमलकै आसनमा बसेकी देवीको स्वरूप छ। यिनको आराधनाले मनोरथ पूर्ण हुने विश्वास गरिन्छ।
नवरात्रका समयमा देवीको उपासना गर्ने अनेक विधि छन्, घटस्थापना गरेर विभिन्न देवीको आराधना गर्ने, देवीभागवत, देवीपुराण र दुर्गा सप्तशतीलगायत ग्रन्थ पाठ गर्ने र शक्तिपीठहरूको दर्शन गर्ने।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया