काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को बैतडी जिल्ला इन्चार्जमा प्रमानन्द भट्ट चयन भएका छन्। भट्ट केन्द्रीय पोलिटब्यूरो सदस्यसहित जिल्ला इन्चार्ज चयन भएका हुन्।
नेकपा एमाले विभाजनपछि बनेको नेकपा (एस)मा गएका भट्टलाई पार्टी स्थायी कमिटीको बैठकले जिल्ला इन्चार्जमा चयन गरेको हो। भट्ट बैतडीमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता हुन्।
यसैगरी, पूर्व प्रदेश मन्त्री तथा नेकपा (एस)का केन्द्रीय सदस्य माया भट्ट प्रदेश सहसचिवमा चयन भएकी छन्। यसअघि एमाले हुँदा र माओवादीसँगको एकतापछि बनेको नेकपा हुँदाका बेला प्रदेश कमिटी सदस्य रहेकी भट्ट अहिले नेकपा (एस)को प्रदेश सहसचिव पदमा चयन भएकी हुन्।
यसैगरी, नेकपा एमाले बैतडीका पूर्व अध्यक्ष तथा प्रदेश कमिटी सदस्य रहेका नरेन्द्र बिष्ट नेकपा(एस)को केन्द्रीय सदस्यसहित दार्चुलाको जिल्ला इन्चार्जमा चयन भएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया