श्रावण ७, २०८२ बुधबार July 23, 2025

बालबालिकालाई खोपसँगै आँखा परीक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः अब पाँच वर्षमुनिका बालबालिकाका लागि खोपसँगै आँखाको परीक्षणसमेत हुने भएको छ । पहिलो चरणमा इटहरी नगरपालिकाबाट बालबालिका आँखा परीक्षण कार्यक्रम सुरु हुने भएको छ ।

खोप लगाउने उमेर समूहका बालबालिकाका लागि आँखा परीक्षण गर्न ‘बालबालिका कार्यक्रम राष्ट्रिय पाठ्यक्रम’समेत तय हुने भएको छ । खोप केन्द्रमा खोप लगाउन जाने बालबालिकाको खोपसँगै आँखा पनि नियमित परीक्षण गर्ने गरी पाठ्यक्रम तयार भइरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय तालिम केन्द्रको सहकार्यमा ग्लोबल आई हेल्थ र इटहरी उपमहानगरपालिकाको संयुक्त पहलमा सो पाठ्यक्रम तयार गर्न लागिएको हो । कार्यक्रममा ग्लोबल आई हेल्थका प्रमुख डा. बेन लिम्बूले खोप लगाउने बालबालिकाका लागि पाठ्यक्रमको तयारी अन्तिम अवस्थामा पुगेको बताउनुभयो । उहाँले दुई वर्षभित्र प्रदेश १ भर यो कार्यक्रम पु¥याइसक्ने जानकारी पनि दिनुभयो । नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्यकर्मीलाई नै तालिम दिएर समुदायमा रहेका बालबालिकाको आँखा प्रारम्भिक परीक्षण गराउने गरी पाठ्यक्रममा राखिएको छ ।

स्वास्थ्यकर्मीले आँखा परीक्षण (स्क्रिनिङ) गरेपछि सम्भावित आँखाको जाँच गराउनुपर्ने भएमा अभिभावकलाई विशेषज्ञ चिकित्सककहाँ पठाउन सल्लाह दिनेछन् । नेपाल सरकारले बालबालिका स्कुल भर्ना हुनुअघि अनिवार्य आँखा जाँच गर्नुपर्ने नीति लिएको छ । नेपालमा पाँच वर्षमुनिका बालबालिकामा मोतीबिन्दु, जलबिन्दु, रेटिनोपेथी अफ प्रिमेच्युरेटी र कुपोषणले गर्दा आँखामा हुने समस्या धेरै छन् । त्यसैगरी दृष्टिदोष र अल्छी आँखा न्यून दृष्टिको मुख्य कारक रहेको छ । आँखारोग विशेषज्ञ प्राडा ओमकृष्ण मल्लले बालबालिकामा रहेको आँखाको समस्या सानै उमेरमा हल गर्न नसकेपछि त्यसलाई उपचार गर्न कठिन हुने बताउनुभयो ।गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार