काठमाडौंः पछिल्लो २४ घण्टामा ६६२ जना कोभिड- १९ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार ८४२६ जनाको नमूना परीक्षण गर्दा ६६२ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ७५८ जना डिस्चार्ज भएका छन् भने १३ जनाको मृत्यु भएको छ । बुधबार काठमाडौं उपत्यकामा २५३ जना संक्रमित थपिएका छन् ।
प्रवक्ता पौडेलका अनुसार मुस्ताङ र मुगु जिल्ला कोरोना संक्रमण शून्य बनेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया