काठमाण्डौंः नेपालमा थप ५ सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ६ हजार ५ सय ८६ पिसिआर परीक्षणका क्रममा ४ सय ७० जना र १ हजार ९६३ एन्टीजेन परीक्षणका क्रममा ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ८ लाख ७ हजार५ सय २२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा ११ हजार ३ सय २६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यस्तै थप ७२६ सङ्क्रमित कोरोनामुक्त हुँदा ७ लाख ८४ हजार ८ सय ८१ जनाले अहिलेसम्म कोरोना जितेका छन् ।
हाल ११ हजार ३ सय १५ सक्रिय सङ्क्रमित आइसोलेसनमा र २२५ जना क्वारेनटाइनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया