श्रावण ८, २०८२ बिहिबार July 24, 2025

गोदावरी नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई निःशुल्क उच्च रक्तचाप र मधुमेहको औषधि वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गोदावरी नगरपालिकाले त्यहाँका ज्येष्ठ नागरिकलाई निःशुल्करूपमा उच्च रक्तचाप र मधुमेहको औषधि वितरण गर्ने भएको छ । उक्त उमेरका नागरिकको अर्थावस्थालाई ध्यानमा राखी नगरपालिकाले सो सहयोग गर्न लागेको हो ।

गोदावरीमा ७० वर्ष नाघेका व्यक्तिलाई आइतबारदेखि अर्काे सोमबारसम्म बिनाशुल्क उच्च रक्तचाप र मधुमेहको औषधि वितरण गर्न लागिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रेवतीराज कार्कीले बताए । उनले भने, “हामी उमेर ढल्केका यस्ता व्यक्तिलाई दैनिक सेवन गर्नुपर्ने औषधि सहयोग गरी परिवारसँगै भर पर्नुपर्ने अवस्थाको अन्त्य गरिदिन लागेका छौ, नगरपालिकाले पहिलोपटक अघि बढाएको यो कामका लागि खरिद गरिएको औषधि हरेक नागरिकलाई दामासाही हिसाबले वितरण गर्नेछौ ।” सो काम गोदावरीका प्रत्येक वडामा बिहान ११ देखि दिउँसो साढे ३ बजेसम्म गरिने कार्कीले जानकारी गराए ।

सो औषधि लिन हरेक नागरिकले आफूहरु ७० वर्ष उमेर पुगेको खुल्ने सरकारी परिचयपत्र अनिवार्य साथमा लिएर आउनुपर्ने नगरपालिकाले अनुरोध गरेको छ । गोदावरीले चालु आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नगरभित्र रहेका दीर्घरोगीका लागि निःशुल्क औषधि वितरणका साथै अत्यावश्यक तथा आवश्कीय स्वास्थ्य सामग्रीको समेत प्रबन्धको सुनिश्चितता गरिदिने योजना सार्वजनिक गरेको थियो ।

यसैगरी नगरपालिकाले बज्रवाराही चापागाउँ अस्पतालमा सो उमेर नाघेका नागरिकलाई बिनाशुल्क स्वास्थ्य सुविधामा निरन्तरता दिनाका साथै नगर क्षेत्रभित्रका मिर्गाैलाका बिरामीलाई डायलायसिस केन्द्र स्थापना गरी निःशुल्क सोको व्यवस्था तथा सामाजिक सुरक्षा भत्ता पाउने नागरिक तथा गर्भवती र सुत्केरीलाई हरेक वडाबाट तीन–तीन महिनाका लागि मल्टीविटामिनका साथै क्यालसियमसमेत सहयोग गर्ने कुरा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा बताइएको थियो ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार