श्रावण ५, २०८२ सोमबार July 21, 2025

स्वामी श्रीनिश्चलानन्द आइतबार नेपाल आउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्द आइतबार नेपाल आउँदै हुनुहुन्छ । भैरहवामा आयोजना गर्न लागिएको धर्मसभालाई सम्बोधनका लागि स्वामी श्रीनिश्चलानन्द नेपाल आउन लाग्नुभएको हो ।

भैरहवाको महेन्द्रसभा गृहमा हुने धर्मसभामा सहभागी हुनेगरी नेपालका सनातन धर्म तथा ओमकार परिवारका विद्वान भैरहवा आइपुगेको पत्रकार सम्मेलनमा धर्मसभा मूल आयोजक समितीका संदस्य ब्यासमुनि आचार्य किशोर गौतमले बताउनुभयो ।

ब्यासमुनि आचार्यले वैदिक, बौद्ध, जैन, सिख, किरात, बोनलगायत सनातन ओमकार परिवजारको विशेषता, पहिचान र सम्मान कायम गर्न नेपालको संविधानमा सनातन हिन्दू धर्म सापेक्षेताको पहिचान पुनःस्थापित गर्ने ध्ययेले धर्मसभा आयोजना गरिएको बताउनुभयो ।

गौतमका अनुसार समस्त ओमकार परिवारबीच एकता कायम गर्नेगरी राष्ट्र, राष्ट्रियता, स्वधर्म र स्वसंस्कृतिको रक्षाका लागि एकजुट भई विश्व ओमकार एकता महाअभियानको सिलसिलामा धर्मसभाको आयोजना गरिएको हो ।

ओमकारमूलक पन्थ, सम्प्रदाय, सङ्घसंस्था र व्यक्तिसँग विश्वस्तरमै सत्य प्रेम, शान्ति, सेवा, अहिंसा आदि मानवीय मूल्यसहित सहकार्यगरी नेपाललाई हिन्दू राष्ट्रका रुपमा पुनः स्थापित गर्न धर्मसभा आयोजना गरिएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार