काठमाण्डौंः जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकको समृद्धि र विकासका लागी शासकीय प्रणाली परिवर्तन हुनुपर्ने बताएका छन् ।
शनिबार जसपा रौतहटले यमुनामाई गाउँपालिका वडा नम्बर १ सुकदेव चोकमा आयोजना गरेको पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष यादवले अहिलेको विकृत संसदीय प्रणालीले भ्रष्टाचार अनियमिततालाई बढावा दिएको उल्लेख गर्दै शासकीय प्रणाली नै फेर्नुपर्नेमा जोड दिएका छन ।
अध्यक्ष यादवका अनुशार अहिलेको विकृत संसदीय व्यवस्था र निर्वाचन प्रणालीले इमान्दारलाई चुनाव लडन दिदैन । पूजिपतिहरुको हातमा मुलुकको शासन व्यवस्था जान थालेको छ । करोडौ खर्च गरेर चुनाव जित्ने व्यक्ति बाट सुशासन र समृद्धिको आशा गर्नु कोरा कल्पना मात्र हुने छ ।’
वर्तमान बेथितीबाट मुलुकलाई बाहिर निकाल्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र पूर्ण समानुपाति संसदीय व्यवस्था एक मात्र विकल्प रहेको उनको भनाई थियो । उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले सरकार संचालन गर्ने भएपछि भ्रष्टाचार आफैं नियन्त्रण हुने उल्लेख गरे । अध्यक्ष यादवले जसपाको अगामी लडाई शासन प्रणालीकै विषयमा हुने उद्घोष समेत गरे ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया