श्रावण ५, २०८२ सोमबार July 21, 2025

हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै भैरहवामा ‘विराट धर्म सभा’ शुरु, जगतगुरु शंकराचार्य सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्व ओमकार एकता महाभियानद्वारा आयोजित ‘विराट धर्म सभा’ सुरु भएको छ ।

नेपाललाई पुनः हिन्दु राष्ट्र कायम गराउन पहल गर्ने उद्देश्यसहित विश्व ओमकारले रुपन्देहीको भैरहवामा सभा आयोजना गरेको हो । आयोजनामा आज र भोलि दुई दिनसम्म चल्ने छ ।

सभामा नेपाल र भारतका धर्मगुरुहरु भैरहवामा भेला भइसकेका छन् । भारतको, उडिसा, जगन्नाथपुरीस्थित गोबर्द्धन पीठका प्रमुख जगतगुरु शंकराचार्य स्वामी श्री निश्चलानन्दको पनि आइसकेका छन् ।

नेपाललाई धर्म निरपेक्षबाट पुनः हिन्दु राष्ट्र कायम गराउन पहल गर्न र ओमकार परिवारबीच एकताका लागि अभियान सञ्चालन गर्ने सभाको मुख्य उद्देश्य रहेको मूल आयोजक समितिका सदस्य पुष्पराज पुरुषले बताए ।

वैदिक, बौद्ध, जैन, सिख, किरात, बोनलगायत सनातन ओमकार परिवारका ६० जनाभन्दा धेरै धर्मगुरुको आगमन भैरहवामा भइसकेको छ ।

सभामा १ सयभन्दा धेरै धर्मगुरु र कथावाचक आउने अनुमान आयोजकले गरेका छन् । धर्मसभामा जगतगुरु शंकराचार्यले सोमबार सम्बोधन गर्ने कार्यक्रम छ ।

धर्मसभामा देशभरबाट आएका धर्मगुरुसहित रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लाबाट समेत पाँच हजार जनाको उपस्थिति रहने आयोजकले जनाएकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार