श्रावण ८, २०८२ बिहिबार July 24, 2025

महाकाली अस्पताललाई भेन्टिलेटर हस्तान्तरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई मङ्गलबार दुई थान भेन्टिलेटर हस्तान्तरण गरिएको छ । स्वास्थ्य, वातावरण र जलवायु कार्य फाउण्डेसनले अस्पतालका डा अर्जुन भट्टलाई भेन्टिलेटर हस्तान्तरण गरेको हो ।

स्वास्थ्य, वातारण र जलवायु कार्य फाउण्डेसनका बोर्ड डाइरेक्टर श्रीरामसिंह बस्नेतले कोरोना भाइरस सङ्क्रमितको उपचारमा सहज होस् भनेर स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागसित समन्वय गरेर विभिन्न सरकारी अस्पताललाई २६५ थान भेन्टिलेटर हस्तान्तरण गरिएको बताए । “कोरोनाको तेस्रो लहर आएपछि बालबालिकालाई बढी प्रभावित गर्ने शङ्का छ”, उनले भने, “ यो बेलाफिष्टा भेन्टिलेटर बालबालिकादेखि सबैलाई काम लाग्छ ।”उनले आफूहरुको संस्थाले कोरोना कहरमा विभिन्न दातृ निकायसित समन्वय गरेर स्वास्थ्य सामग्री वितरण गरिएको बताए ।

फाण्डेसनले बिहीबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पाँच थान भेन्टिलेटर प्रदान गर्ने कार्यक्रम रहेको छ । सो संस्थालाई अन्तर्राष्ट्रिय बौद्ध संस्था ‘जु ची फाउण्डेसन’ले भेन्टिलर सहयोग गरेको थियो । “मुख्य सहयोगी संस्था भनेकै जु ची फाउण्डेसन हो”, वरिष्ठ पत्रकारसमेत रहनुभएका बस्नेतले भने,“हामीले यहाँ सामान मगाउने, वितरण गर्ने लगायतको काममा सहजीकरण गरेको हो ।”थप दुई थान भेन्टिलेटर थपिएसँगै महाकाली अस्पतालमा १४ थान भेन्टिलेटर पुगेको अस्पतालले जनाएको छ ।

अस्पतालका डा भट्टले पछिल्लो समय कोरोना भाइरसका बिरामीको सङ्ख्या घट्दै गइरहेको जानकारी दिए ।“सङ्क्रमित आउने र निको भएर जाने क्रम छ”, उनले भने,“एक जना सङ्क्रमित मात्रै यहाँ भर्ना भएका छन् ।”कोरोनाको पहिलो र दोस्रो चरणमा गरी कञ्चनपुरमा १९३ जनाले ज्यान गुमाएका थिए । यहाँ बालमैत्री कोभिड श्यया स्थापनाको काम समेत भइरहेको छ ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार