श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

नुवाकोटमा पुनः सङ्क्रमण बढ्योः ३० जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा सङ्क्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नुवाकोटमा पुनः कोरोना सङ्क्रमण बढ्न थालेको छ । पछिल्लो समय १७ सङ्क्रमित थप भएसँगै सो सङ्ख्या १०२ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका अनुसार त्रिशूली अस्पतालमा पछिल्लो २४ घण्टामा ३० जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्रिशूली अस्पतालमा जाँच गराउन पुगेका व्यक्तिबाट सङ्कलन गरिएको स्वाबको नमूना परीक्षणमा ५५ प्रतिशतमा कोरोनाको सङ्क्रमण देखिएको हो ।

विदुर नगरपालिकामा हाल ६३ र बेलकोटगढीमा नौ सक्रिय सङ्क्रमित छन् । किस्पाङ र सूर्यगढीमा आठ-आठ, तारकेश्वर, ताँदी र म्यागङमा चार÷चार तथा लिखुमा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । ककनी, शिवपुरी, पञ्चकन्या र दुप्चेश्वर गाउँपालिका भने कोरोना सङ्क्रमित छैनन् ।

सङ्क्रमित ११ जनालाई त्रिशूली अस्पतालमा भर्ना गरिएको छ । दश जनालाई स्थानीय तहको आइसोलेसन केन्द्रमा राखिएको छ । बाँकी ८१ जनालाई स्वास्थ्यकर्मीको निगरानीमा घरकै एकान्तबासमा राखिएको छ ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया