असार २८, २०८२ शनिबार July 12, 2025

आगामी निर्वाचनसम्म सत्ता गठबन्धन कायमै रहन्छ : गृहमन्त्री खाँण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गृहमन्त्री बालकृष्ण खाँणले ५ दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताएका छन् । आइतबार (आज) रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा गृहमन्त्री खाँणले ५ दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताएका हुन् ।

मन्त्री खाँणले संविधानको रक्षा र जनविश्वासलाई बलियो बनाउन नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सत्ता गठबन्धन आम निर्वाचनसम्म कायम रहने बताए ।

उनले भनेका छन्, ‘संविधानको रक्षा, जनताको चाहना र विश्वासलाई अझ मजबुत बनाउन आउँदो आम चुनावसम्म सत्ता गठबन्धन कायम रहन्छ ।’ त्यस्तै उनले बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट भएको जनधनको क्षतिको उचित व्यवस्थापन गरिने समेत बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया