असार २८, २०८२ शनिबार July 12, 2025

देजमोका अध्यक्ष सीपी गजुरेल अस्पताल भर्ना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (क्रान्तिकारी माओबादी) का पोलिटब्यूरो सदस्य तथा देजमोका अध्यक्ष सीपी गजुरेल अचानक बेहोस भएपछी सिभिल अस्पताल लगिएको छ ।

सोमबार बिहान अचानक बेहोस भएपछि उनलाई सिभिल अस्पताल भर्ना गरिएको हो । उनलाई आज बिहान सिभिल अस्पतालमा लगेर उपचार गरिएपछि मात्रै होश खुलेको र स्वास्थ्यमा क्रमिक सुधार हुन थालेको पार्टीका नेता ईश्वर तिमल्सिनाले जानकारी दिएका छन् ।

नेता गजुरेल आफ्नै घरमा बेहाेस भएर लडेपछि अस्पताल ल्याइएकाे र अहिले उनकाे स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताइएको छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया