श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

महिनावारी भएको बेला धेरै गुलियो खाए अत्यधिक रगत बग्ने मान्यता ? यस्ता छन् महिनावारीबारे भ्रम र सत्यता (जानीराखौं)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्वभरि महिनावारीबारे अनेक मिथ्या अवधारणाहरू फैलिएका छन् । तीमध्ये अधिकांशबाट महिनावारी हुने महिलालाई नराम्रो प्रभाव पर्छ । महिनावारी भएको बेला कतै धेरै गुलियो खाए अत्यधिक रगत बग्ने मान्यता छ भने कतै यौन सम्पर्क गरे पुरुषको मृत्यु हुने डर फैलिएको छ ।

यस्ता छन् महिनावारीबारे मिथ्या र सत्यता

ट्याम्पनले हाइमन च्यातिदिन्छ, महिलाको कौमार्य भंग हुन्छ

विश्वका धेरै भागमा ट्याम्पन प्रयोगलाई निषिद्ध ठानिन्छ । किनकी यसको प्रयोगले महिलाको हाइमन च्यातिन्छ र उनीहरु कुमारी रहन्नन भन्ने मिथ्या धारणा विद्यमान छ । सत्य के हो भने शारीरिक अभ्यास गर्दा, साइकल चलाउँदा लगायत विभिन्न गतिविधि गर्दा हाइमन तन्किन वा च्यातिन सक्छ । तर हाइमनले कौमार्य निर्धारण गर्दैन ।

महिनावारी भएकी महिलासँग यौन सम्पर्क गर्दा पुरुषको मृत्यु हुन्छ

महिनावारी हुँदा यौन सम्पर्क गरे हानि पुग्छ वा मरिन्छ भन्ने कुराको कुनै वैज्ञानिक प्रमाण छैन । महिनावारी हुँदाको रगत फोहोर हुन्छ र धेरै विषात्त हुन्छन भन्ने मान्यतामा यो मिथ्या अवधारणामा आधारित छ । तर त्यसो हुँदैन । यस्तो पुरानो मिथ्या अवधारणा विद्यमान भएपनि वास्तवमा महिनावारी भएको बेला यौन सम्पर्क नगर्न स्वास्थ्य सम्बन्धी कुनै कारण छैन ।

बिहे गरेपछि महिनावारीको दुःखाइ हराउँछ

बिहेपछि महिनावारीको दुःखााइ रोकिन्छ भन्ने मान्यतापछाडी कुनै चिकित्सकीय प्रमाण छैन । केही महिलाले बच्चा जन्मिएपछि महिनावारीको बेला पीडा घटेको बताएका छन् । तर सबैलाई त्यस्तो हुँदैन । पीडा महिनावारीको सामान्य अंग हो । यस पीडालाई साधारण औषधिले घरमै निको पार्न सकिन्छ ।

This image has an empty alt attribute; its file name is fitt-768x384.jpg

महिनावारी हुँदा व्यायाम गर्नुहुँदैन, यसले गर्भाशयमा क्षति पुग्न सक्छ

महिनावारीको बेला व्यायाम गर्नु हानीकारक हुन्छ वा गर्भाशयमा क्षति पुग्छ भन्ने कुनै वैज्ञानिक प्रमाण छैन । वास्तवमा व्यायाम गर्दा महिनावारीको पीडा कम हुने अध्ययनले देखाएका छन । व्यायाम गर्ने नगर्ने त्यो तपाईंमा निर्भर हुन्छ । तर नगर्नलाई कुनै चिकित्सकीय कारण छैन । – बीबीसीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया