श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

बागलुङमा कोरोना संक्रमण बाट थप १ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बागलुङ जिल्लामा कोरोना सङ्क्रमणबाट बुधवार बिहान थप एक जनाको मृत्यु भएको छ ।

कार्तिक १२ गते संक्रमित भई धौलागिरि अस्पतालमा उपचार गराउँदै आएका बागलुङ नगरपालिका-४ का ८३ वर्षीय पुरुषको बुधवार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

यो सँगै बागलुङको कोरोना संक्रमण बाट ज्यान गुमाउनेको सङ्ख्या ७१ पुगेको धौलागिरि अस्पतालले जनाएको छ ।हाल बागलुङका सक्रिय सङ्क्रमितको सङ्ख्या २८ जना मात्र रहेको कोभिड फोकल पर्सन घिमिरेको भनाई छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया