श्रावण ६, २०८२ मंगलबार July 22, 2025

मिथिलामा ‘गोधन’ पर्व मनाइँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दीपावली (तिहार) पर्वको चौथो अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन आज महोत्तरीसहितका मिथिला क्षेत्रमा गोधन पर्व मनाइँदै छ ।

बस्तीका आपस्त बन्धुबान्धव, परिवारका घरमूली, महिला एक ठाउँमा जम्मा भई मङ्गल गीत गाउँदै यो पर्व मनाउने मैथिल परम्परा रहेको छ । पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो) ले पूजा गर्ने गरिन्छ । विघ्ननाशक गणपतिको आह्वान गर्दै सुरु गरिने यो पूजाविधिमा प्रकृतिको आराधना भएको मैथिल विद्वान बताउँछन् ।

यो पर्व द्वापरयुगमा श्रीकृष्णले गोकूल (तत्कालीन मथुरा राज्यअन्तर्गतको बस्ती) नजिकको गोवद्र्धन पर्वतलाई इष्टजनसहित पूजा गरेका परम्पराको सम्झना भएको मानिन्छ । गाई (गो) मुख्य पशुधन मानिने त्यो बेला श्रीकृष्णले गोवद्र्धन पर्वतले गाई पाल्न घाँस, पानी दिएको भन्दै सबैलाई इन्द्रको साटो पर्वतलाई पूजा गर्न हौस्याएका महाभारतकालीन कथावस्तु नै पर्व परम्परा भएको मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्र विमल बताउनुहुन्छ । पछि गोवद्र्धन पूजा नै मिथिलामा ‘गोधन’ भनिन लागिएको डा विमलको भनाइ छ ।

कात्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चक पर्वको चौथो दिन मनाइने यस पर्वमा मिथिलाका कतिपय जाति समुदायमा महिलाले धान, सिन्दूर, फूल, दुबो र पिठार ओखलमा राखेर कुट्ने गर्छन् । यो मिश्रण गाई, गोरुसहितका पशुधनलाई रङ्गाउन प्रयोग गरिन्छ । गाई, गोरुलाई विभिन्न रङ्मा मिसाएर यो मिश्रणले रङ्गाउने गरेमा पशुधनमा कसैको आँखा नलाग्ने, देशान (रोगव्याधि) नलाग्ने मैथिल जनविश्वास छ ।

पर्वका दिन गाई, गोरुका सिङ, खुरमा तोरीको तेल लगाई दिने, पिना (तोरी पेलिएको चोकर) खुवाउने र नयाँ दाम्ला लगाइदिने (दाम्ला फेर्ने) परम्परा रहेको छ । पर्वको मुख्य पक्षचाहिँ प्रकृति (वन, पहाड, पानीका मुहान, चरनक्षेत्र) संरक्षणको सन्देश रहेको डा विमल बताउनुहुन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजा, सिरियामा आक्रमणलाई ‘सुधार’ गर्न नेतान्याहुलाई ट्रम्पको निमन्त्रणा : ह्वाइट हाउस
२०८२ श्रावण ७, बुधबार
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार