श्रावण ५, २०८२ सोमबार July 21, 2025

घर नभएका सैनिकले २५ लाखसम्म अवास कर्जा पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेपाली सेनाले घर नभएका वहालवाला सकलदर्जालाई २५ लाखसम्म सहुलीयतपूर्ण कर्जाको व्यवस्था गरेको छ । जंगी अड्डाले सैनिक सेवामा १० वर्ष पूरा गरेका र श्रीमान/श्रीमती दुवैको नाममा घर नभएका वहालवाला सैनिक अधिकारीहरुले २५ लाखसम्म अवास कर्जा पाउने व्यवस्था गरेको हो ।

जंगी अड्डामा आयोजित कार्यक्रममा सोमबार नेपाली सेना, राष्ट्रिय बाणिज्य बैंक र राष्ट्रिय विमा समितिका अधिकारीले ‘सैनिक सकलदर्जा सहुलीयतपूर्ण आवास कर्जा–२०७८’मा हस्ताक्षर गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाका अधिकारीहरुले अब तोकिएको मापदण्ड पूरा गरी राष्ट्रिय बाणिज्य बैंकबाट ३ दशमलब ३२ प्रतिशत व्याजदरमा आवास कर्जा लिन पाउनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी
२०८२ श्रावण ५, सोमबार
आज कति छ डलरको रेट ? राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर
२०८२ श्रावण ५, सोमबार
साफ यू-२० च्याम्पियनसिपको उपाधि लागि नेपाल आज बंगलादेशसँग निर्णायक भिडन्तमा
२०८२ श्रावण ५, सोमबार
एमालेमा भण्डारी गुटको छुट्टै भेला : आन्तरिक तयारीमा संस्थापन
२०८२ श्रावण ५, सोमबार
श्रावणको पहिलो सोमबार शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ श्रावण ५, सोमबार
उपाध्यक्ष गिरीको पदमुक्तिमा राप्रपा नेताहरूको विरोध : आन्तरिक लोकतन्त्रमा गम्भीर आघात
२०८२ श्रावण ५, सोमबार
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार