काठमाडौंः बुधबार सुनको मुल्यमा वृद्धि भएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४ सयले बढेर ९२ हजार ७ सयमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार छापावाला सुन तोलाको ९२ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रहेको छ ।
त्यसैगरी बुधबार चाँदीको मूल्य स्थिर रहदै प्रतितोला १२५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया