असार २७, २०८२ शुक्रबार July 11, 2025

एमसीसी परियोजना फिर्ता लैजान बामदेवको अपिल (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पूर्वमन्त्री एवम् नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अमेरिकालाई एमसिसी परियोजना फिर्ता लैजान आग्रह गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै गौतमले सम्झौताले नेपालका छिमेकी मुलुकहरूसँग सम्बन्ध बिग्रने पो हो कि भन्ने शंका व्यक्त भइरहेको बताएका छन् ।

एमसीसी सम्झौता अहिले संसदबाट पारित हुने अवस्था नदेखिएको भन्दै गौतमले फिर्ता लिन अमेरिकालाई आग्रह गरेका हुन् । ‘नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद्रहेको छ, नेपाल सरकारले र संसद्ले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न,’ उनले भनेका छन्, ‘यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकार समक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।’

‘यो अवस्थालाई मध्यनजर गर्दै एकपक्षीयरूपमा भए पनि मित्र राष्ट्र संयुक्त राज्य अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लगेर नेपालको हित प्रवर्द्धन गर्न विनम्र अनुरोध गर्दछु,’ उनको आग्रह छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया