असार २६, २०८२ बिहिबार July 10, 2025

डडेल्धुराका एमाले जिल्ला अध्यक्ष जोशी समाजवादी पार्टीमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एकिकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा बुधवार एमालेका तत्कालीन अध्यक्ष डा. तारा जोशीसहितका नेता कार्यकर्ताहरु समाजवादीमा प्रवेश गरेका हुन्।

नेकपा एमाले डडेल्धुराका तत्कालीन जिल्ला अध्यक्ष डा. तारा जोशी नेतृतवसहितको टोली माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीतिर लागेको छ।
समाजवादीतिर लाग्ने क्रममा डा. जोशीले एमाले अध्यक्ष केपी शर्मा ओलीमा निरंकुशता हाबी भएको आरोप लगाए। उनले ओली जनभावना विपरीत गएको बताउँदै आफूहरू समाजवादीमा समाहित भएको जिकिर गरे।

जोशीले ५१ सदस्यीय जिल्ला समितिका पदाधिकारीसहित दुईतिहाइ सदस्य समाजवादीमा लागेको घोषणा गरे। १४ जना भातृ संगठन प्रमुखको टोलीसहित समाजवादीतिर लागेको पनि जोशीले दाबी गरेका छन्। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया