असार २६, २०८२ बिहिबार July 10, 2025

मूल्य वृद्धिको बिरोधमा विप्लवद्वारा देशव्यापी आन्दोलनको घोषणा (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी आन्दोलनको घोषणा गरेको छ। पार्टी महासचिव विप्लवले वक्तव्य जारी गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको हो।

सरकारले बुधबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि त्यसका विरुद्ध विप्लव नेतृत्वको नेकपाले देशैभर ६ दिने विरोध कार्यक्रम घोषणा गरेको हो। सो समूहले विरोधदेखि नेपाल बन्दसम्मका कार्यक्रम घोषण गरेका छ।

घोषित कार्यक्रम अनुसार आज २५ गते देशव्यापी विरोध गर्ने, २६ गते मशाल जुलुस निकाल्ने, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गर्ने, २८ गते बिहान १० देखि ११ बजेसमम चक्काजाम गर्ने, २९ गते दिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्ने र अन्तिम दिन ३० गते नेपाल बन्द गर्ने कार्यक्रमसमेत रहेको जारी वक्तव्यमा उल्लेख गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया