असार २६, २०८२ बिहिबार July 10, 2025

नेकपा (एकिकृत समाजबादी) काठमाडौं जिल्ला अध्यक्षमा कुसुम कार्की चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ दल नेकपा (एकिकृत समाजबादी)को काठमाडौं जिल्ला अध्यक्षमा कुसुमकुमार कार्की चयन भएका छन् । वागमती प्रदेशसभा सदस्यसमेत रहेका कार्कीलाई जिल्ला कमिटीको विस्तारित बैठकले अध्यक्ष चयन गरेको हो ।

विहीबारै नवगठित कमिटीका पदाधिकारी र सदस्यहरुलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सपथग्रहण गराएका छन् । कमिटीको उपाध्यक्षमा बटुकृष्ण थापा र ओमकुमारी श्रेष्ठ तथा सचिव एलपी श्रेष्ठ चयन भएका छन् ।

कमिटीका उपसचिव ध्रुवराज न्यौपाने, कृष्णहरी खत्री र सुरेन्द्रहर्ष बज्राचार्य चयन भएको अध्यक्ष कार्कीले जानकारी दिए । यसअघिका अध्यक्ष वसन्त मानन्धर पोलिटब्यूरो सदस्य भएपछि २२५ सदस्यीय नयाँ नेतृत्व चयन भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया