काठमाडौंः सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्दै छ । बैठक दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ ।
केन्द्रीय कमिटी बैठकमा लगिने प्रस्तावबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो । शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ । बैठक बानेश्वरमा बस्ने भएको हो । विभिन्न पार्टीबाट आएकाहरूलाई पार्टीमा स्थान दिनेलगायत विभिन्न विषयमा छलफल गर्न आज स्थायी कमिटी बैठक बस्दैछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया