असार २६, २०८२ बिहिबार July 10, 2025

आयल निगमका कार्यकारी निर्देशक पौडेललाई बर्खास्त गर्न काँग्रेस (वी.पी.)को माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली काँग्रेस (वी.पी.) ले पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्वी फिर्ता लिन माग गरेको छ । नेपाली काँग्रेस (वी.पी.) का सभापति सुशिलमान शेरचनले आज एक विज्ञप्ति जारी गर्दै १२ दिनको फरकमा पेट्रोलिय पदार्थमा मुल्य बृद्वी गरि जनतालाई महंगी उपहार दिएको आरोप लगाएका छन् ।

काँग्रेस (वी.पी.) ले नेपाल सरकार र नेपाल आयल निगम अनियमिता, भष्ट्राचारमा लिप्त रहदै मुल्य समायोजनको नाममा अन्तर्राष्ट्रिय बजारमा मुल्य घट्दा कानमा तेल हालेर बस्ने तर बढ्दा बढाउने पेट्रोलियम पदार्थमा लगाईएका विभिन्न कर तथा बोनस भत्तामा वेवास्ता गर्ने तर लगातार मुल्य बृद्वी गरि जनताको ढाड सेक्ने काम भएको र पेट्रोलियम पदार्थको मुल्य बृद्वीले जनताको दैनिक उपभोग्य बस्तु लगाएत सम्पूर्ण क्षेत्रमा प्रभाव पार्ने हुनाले तत्काल मुल्य बृद्वी फिर्ता नभए आन्दोलनका कडा कदम चाल्ने चेतावनी सहित पार्टीका सम्पूर्ण तहका कार्यसमिति, नेताकार्यकर्ता एवं भातृ तथा सुभेक्षुक संघलाई अनियमिता, भष्ट्राचार, महगी लगाएतका विरोधमा आन्दोलनमा उत्रन अपिल गर्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेललाई बर्खास्त गर्न माग गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया