काठमाडौंः नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले निर्वाचन समितिको भूमिकामाथि असन्तुष्टि जनाउदै अनसन बस्ने चेतावनी दिएका छन् ।
उनले प्रधानमन्त्री देउवालाई डडेलल्धुरामा बहिस्कार गर्दापनि अधिवेशनलाई समितिले वैधता पाएको भन्दै आपत्ति जनाएका छन् ।
उनले डडेल्धुराको समिति केन्द्रिय सभापतिको निर्देशनमा चलिरहेको पनि शनिबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा बताए ।
डडेल्धुरा जिल्ला सभापति मल्लले आफूहरुको माग सुनुवाइ नभएको अवस्थामा मंसिर १ देखि पार्टी कार्यालय सानेपामा अनसन बस्ने पनि बताए ।
अधिवेशनको विषयलाई लिएर सभापति देउवाको गृहजिल्ला समेत रहेको डडेल्धुरामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह असन्तुष्ठ रहेको छ । उसले सम्पन्न हुन लागेको स्थानीय तहकाे अधिवशन तालिका एकपक्षिय सार्वजनिक गरेका भन्दै मान्य नहुने बताउँदै आएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया