असार २७, २०८२ शुक्रबार July 11, 2025

अदालतमा राजनीतिक हस्तक्षेप गरेर हुँदैन: उपेन्द्र यादव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा देखिएको समस्या त्यहीभित्रबाट समाधान हुनुपर्ने बताएका छन् ।

‘न्यायालयभित्रको समस्याको समाधान त्यहींभित्रबाट खोज्नुपर्छ र उहाँहरूले गर्नु हुन्छ, एकाध दिन ढिलो चाँडो मात्रै हो। अदालतमा राजनीतिक हस्तक्षेप गरेर हुँदैन किनकी दुनियाँमा कहीं पनि यस्तो चलन छैन। त्यसैले गठबन्धनले समस्याको समाधान सम्बन्धित निकायबाटै चाहेको हो,’ विराटनगरमा शनिबार पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष यादवले भने ।

संविधान पुनर्लेखन गर्नुपर्ने माग गर्दै आएका अध्यक्ष यादवले मुलुकमा अहिले देखिएको समस्याको मूल कारण त्रुटीपूर्ण संविधान नै भएकाले संशोधन गरेर परिमार्जन गर्नुपर्ने बताए। संविधान संशोधन आम नेपाली र सबै दलको सरोकारको विषय भइसकेकोले यसका लागि साझा सहमति आवश्यक भएको अध्यक्ष यादवले बताए ।

नेता यादवले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे राष्ट्रिय सहमति आवश्यक रहेको बताएका थिए। एमसीसी पास हुनुपर्ने तर राष्ट्रहितलाई ध्यानमा राखेर मात्रै गर्नुपर्ने उनको भनाइ थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया