श्रावण ५, २०८२ सोमबार July 21, 2025

मनकामना स्मार्ट लघुवित्तको खुद नाफा बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः मनकामना स्मार्ट लघुवित्तले चालु आर्थिक वर्षको खुद नाफा ७३ दशमलव ९७ प्रतिशतले बढेर ४७ लाख ११ हजार रुपैयाँ पुगेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमाससम्म आइपुग्दा मनकामना स्मार्ट लघुवित्तको खुद नाफा ७३ दशमलव ९७ प्रतिशतले बढेर ४७ लाख ११ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको साेही अवधिमा कम्पनीले २७ करोड आठ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्को खुद ब्याज आम्दानी ४८ दशमलव ३७ प्रतिशतले बढेर एक करोड ९४ लाख १० हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको साेही अवधिमा लघुवित्तले एक करोड ३० लाख ८२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । असोज मसान्तसम्मा कम्पनीको सञ्चालन आम्दानीमा भने नोक्सान भएको छ । यसअवधिमा कम्पनी ५० लाख १२ हजार रुपैयाँ सञ्चालन नोक्सानमा छ ।

लघुवित्तको खराब कर्जा तीन दशमलव ७३ प्रतिशतले बढेर नौ दशमलव ३३ प्रतिशत पुगेको छ । त्यस्तै, लघुवित्तको आम्दानी १५ रुपैयाँ ५५ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ०५ पैसा छ । -न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया