श्रावण ५, २०८२ सोमबार July 21, 2025

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने अन्तिम मौका आज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ । बैंकले २५ असोजदेखि हाल कायम १० कित्ता सेयर बराबर नयाँ तीन कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निस्काशन गरेको थियो ।

बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद जारी गरेको छ । हकप्रद निष्काशनका लागि बैंकले १ असोजदेखि सेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार नेप्सेमा ३१ भदौसम्म कारोबार भइ कायम सेयरधनीले मात्र सो हकप्रदमा आवेदन दिन पाउनेछन् ।

हकप्रदमा एनआईबीएल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो सेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन् । हाल चुक्ता पूँजी ८१ करोड ११ लाख २१ हजार २२४ रुपैयाँ रहेको बैंकको हकप्रद निस्कासनपछि १ अर्ब ५ करोड ४४ लाख ५७ हजार ५९२ रुपैयाँ पुग्नेछ।-न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार