श्रावण ५, २०८२ सोमबार July 21, 2025

सेयर बजार दाेहाेराे अंकले बढ्याे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा राम्रो सुधार भएको छ । साेमबार नेप्से परिसूचक २६ दशमलव ४४ अंकले बढेर दुई हजार ७१५ दशमलव ३५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

 २२८ कम्पनीकोे चार अर्ब ७३ करोड ४६ लाख बराबरको कारोबार भएको छ । आइतबार पनि सोही रकम बराबरको कारोबार भएको थियो ।   कारोबारको आधारमा साेमबार सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकको ३५ करोड ४६ लाखभन्दा बढीको कारोबार भएको छ ।

 कारोबारमा आएका सबै सूचकमा हरियाली छाएको छ । विकास बैंक र फाइनान्स समूहको सूचकमा दुई प्रतिशतभन्दा बढीकाे सुधार भएको छ भने बाँकी सबै समूह शून्य दशमलव ०५ देखि झण्डै दुई प्रतिशतसम्मले बढेकाे छ ।

नेप्सेका अनुसार साेमबार सेयर मूल्यमा उच्च वृद्धि हुनेमा बोटलर्स नेपाल तराई लिमिटेड, मनुषी लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी र मैलुङखोला जलविद्युत कम्पनी छन् । यी कम्पनीहरूको सेयर मूल्य सर्किट लेभलमा बढेकाे छ ।

त्यस्तै, सबैभन्दा धेरै गुमाउनेमा महालक्ष्मी विकास बैंकका लगानीकर्ता छन् । यस कम्पनीको सेयर मूल्यमा चार दशमलव ४६ प्रतिशतकाे गिरावट आएको छ । न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार