असार २६, २०८२ बिहिबार July 10, 2025

एमाले महाधिवेशनको उद्घाटन सत्रमा एक लाख सहभागी गराइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (एमाले) चितवन शाखाले पार्टीको १०औँ महाधिवेशन उद्घाटन सत्रमा एक लाखभन्दा बढी जनता सहभागी गराउने गरी तयारी गरिरहेको छ । जिल्लाका ९८ वटा वडा तहबाटै महाधिवेशन उद्घाटन सत्रमा उक्त सङ्ख्याका कार्यकर्ता सहभागी गराउनका लागि विभिन्न प्रचार र तयारीका कार्यक्रम थालेको हो ।

जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार जनसहभागिता गराउनका लागि जिल्लाका सम्पूर्ण पार्टी पङ्क्तिलाई परिचालन गरिएको छ । उद्घाटन सत्रमा भरतपुर महानगरपालिकाभित्रबाट ४० हजार, रत्ननगर नगरपालिकाबाट १६ हजार, खैरहनी र राप्ती नगरपालिकाबाट १३–१३ हजार, कालिका नगरपालिकाबाट ११ हजार, माडी र ईच्छाकामनाबाट ३–३ हजार सहभागी हुने अनुमान गरिएको छ ।

यसैगरी पेशागत सङ्घ सङ्गठन र अन्यबाट थप पाँच हजार हाराहारी सहभागी हुने अनुमान गरिएको छ । जिल्लामा नेकपा ९एमाले०का सङ्गठित सदस्य २५ हजार छन् । रावलले एक सङ्गठित सदस्यले कम्तीमा चार जना ल्याउने गरी एक लाख सहभागी हुने आङ्कलन गरिएको जानकारी दिनुभयो ।

महाधिवेशन उद्घाटन सत्रमा अन्य जिल्लाबाट ठूलो सङ्ख्यामा सहभागी गराइँदै छ । पाँच लाखभन्दा बढी सहभागी गराउने जनाइएको छ । चितवनबाट जनपरिचालनको नेतृत्व गर्नुभएका केन्द्रीय सदस्य देवी ज्ञवालीका अनुसार जनसहभागिताका लागि प्रत्येक पार्टी र जनसङ्गठनलाई सक्रिय बनाइएको छ ।

यसबीचमा वडा कमिटीको बैठक, वडा र टोल टोलमा सदस्य, समर्थक र शुभेच्छुकको भेला, निमन्त्रणा पत्र वितरण र प्रचार सामग्री घरघरमा पुर्‍याइने छ । पार्टीले वडा तथा पालिका कमिटीलाई आ–आफ्नो क्षेत्रभित्रको राजमार्गको सरसफाइ, स्वागतद्वार तथा घडा राखेर स्वागत गर्ने व्यवस्था गर्न समेत भनेको छ ।

आउँदो मङ्सिर १० गतेदेखि १२ गतेसम्म हुने महाधिवेशन उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहामा हुँदै छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनमा एक हजार ९९९ प्रतिनिधि सहभागी हुनेछन् । विद्युतीय उपकरणबाट मतदान गरिने बताइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार